उद्योग विभागमा अत्यावश्यकबाहेकका सबै सेवा स्थगन

१ भाद्र २०७७, सोमबार १४:१३

काठमाडौं , उद्योग विभागले अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गरेको छ । कोभिड १९ को फैंलिदौ संमणलाई मध्यनजर गर्दै एक साताका लागि सेवा स्थगन गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी विनोदकुमार खड्काले जानकारी दिनु भयो ।

सेवाग्राहीको उपस्थीतिका कारण फैलिन सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विभागले यस्तो निर्णय गरेको उहाँको भनाइ छ ।

विभाग नभई नहुने अति जरुरी बाहेकका सेवा भाद्र ७ गतेपछि मात्रै सूचारु गरिने विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।