उत्तर कोरियाले दियो तीन अमेरिकी कैदीलाइ रिहा, ट्रम्प पुगे स्वागतको लागि

२७ बैशाख २०७५, बिहीबार ०७:२३

वैशाख २७, काठमाडौं ।

उत्तर कोरियाले आफ्नो देशमा कैद तीन अमेरिकी नागरिकलाई मुक्त गरेको बताएको छ । प्योङयाङबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पियो ती कैदीलाई लिएर मेरिल्याण्डस्थित एक सैन्य अखडामा पुगेको बताइएको छ ।

उनीहरुलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्स पनि सोही स्थानमा पुगिसकेका जनाइएको छ ।

उत्तर कोरियामा किम दोङ चुल, किम हक सङ र किम सङ दुक नामक तीन अमेरिकी नागरिक कैद भएको बताइएको छ ।