उत्तर कोरियालाई मानवीय सहायता पुर्‍याउने कदमलाई राष्ट्रसंघले गर्‍यो स्वीकृति

२२ श्रावण २०७५, मंगलवार १४:५३

साउन २२, काठमाडौं ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियालाई दिइने मानवीय सहायतामा उसमाथिको कडा प्रतिबन्धका बावजूद बाधा नपुग्ने उपायलाई स्वीकृति दिएको छ ।

राष्ट्रसंघ अधिकारीहरूका अनुसार, उत्तर कोरियामा लगभग आधा जनसंख्या अर्थात् एक करोड मानिस कुपोषणको शिकार छन् ।

अघिल्लो वर्ष त्यहाँ खाद्य उत्पादनमा कमी आएको थियो । संयुक्त राष्ट्रसंघको प्रस्तावले प्रतिबन्धको असर मानवीय सहायतामा पर्नु नहुने कुरामा जोड दिन्छन् । तर राहत पुर्‍याउने संस्थाहरूले प्रतिबन्धका कारण आवश्यक आपूर्तिहरू पुर्‍याउन नसकिएको बताएका छन् ।

धेरै हप्तासम्म चर्चा गरिएपछि यो प्रस्तावलाई सोमवार स्वीकार गरियो ।

राष्ट्रसंघमा नेदरल्यान्ड्सका स्थायी उपप्रतिनिधि लीज ग्रेगोइर भान हैरनले यी निर्देशनहरूमार्फत प्रतिबन्धको उल्लंघन नगरिकनै उत्तर कोरियालीहरूलाई मानवीय सहायता दिने विषयमा स्पष्टता प्राप्त हुनेछ ।

नेदरल्यान्ड्स प्रतिबन्ध समितिको अध्यक्षता गर्दैछ ।