आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पाईलट पढाउँदै नगरपालिका

२२ भाद्र २०७५, शुक्रबार ०८:३२

रुकुमको आठबिसकोट नगरपालिकाले आफ्नै लगानीमा युवाहरुलाई पाइृलट अध्यायन गराएको छ । यो समाचार आजको कान्तिपुर दैनिमा छ समाचार अनुसार नगरपालिकाको वडा नम्बर ५ का ललित भण्डारीको पाईलट बन्ने रुचि थियो । विदेश गई लिनुपर्ने पाईलट कोर्सका लागि पैसोको जोहो गर्न भने सकेका थिएनन् ।

वडा १० का गोविन्द केसीको चाहनालाई पनि आर्थिक अवस्ताले नै रोकेको थियो । दुवैको अप्ठेरो फुकाईदियो आठविसकोट नगरपालिकाले । शैक्षिक कर्जा उपलब्ध हुने भएपछि भण्डारी र केसी दुवै पाईलट कोर्स

गर्नै फिलिपिन्स उड्ने तयारीमा छन् । उनीहरुमात्र होईन, नगरपालिकाले डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थीका लागि समेत निवेदन माग गरेको छ ।

५ जनालाई यसअघि नै नर्स, ओभरसियर अध्ययनको चाँजो मिलार्यसकेको छ । दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्न शैक्षिक कर्जा दिन थालिएको नगरप प्रमुख गोर्खबहादुर केसीले बताए ।