आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

४ जेष्ठ २०७७, आईतवार १२:५५

काठमाडौं , आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर देशमा लागू भइरहेको लकडाउन थपघट तथा विविध विषयमाथि मन्त्रिपरिषद्को बैठकले आज निर्णय गर्ने भएको छ ।

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन लम्ब्याउदै लगेको पछिल्लो समय अवधी जेठ ५ गते अर्थात भोली सकिँदै छ । त्यसैको विषयमा छलफल तथा समयावधि थप्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बोलाइएको स्रोतले जनाएको छ।

आज बस्ने मन्त्रिपरिषद बैठकले १० देखि १५ दिनसम्म लकडाउन अवधि बढाउने बुझिएको छ । काठमाडौं उपत्यकामा संक्रमण देखिएपछि राजधानीमा समेत लकडाउन कडाई गरिएको छ ।