आज थप ५३५ जनामा कोरोना पुष्टि, कुल संख्या ९,५६१ पुग्यो

८ असार २०७७, सोमबार १६:३६

काठमाडौं , सोमबार थप ५३५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ५३५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ९,५६१ जना पुगेको छ । पछिल्लो पटक सोमबार ५३५ जना संक्रमित थपिएका हुन् । यसैगरी, २१४२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट २३ जनाको मृत्यु भएको छ ।