आज थप २९३ जना संक्रमित, कुल संख्या १५,७८४ पुग्यो

२१ असार २०७७, आईतवार १८:०१

काठमाडौं , आइतबार २९३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २९३ जनामा कोरोना पुष्टि भएको जानकारीदिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५,७८४ जना पुगेको छ । पछिल्लो पटक आइतबार २९३ जना संक्रमित थपिएका हुन् । यसैगरी, ६,५४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३४ जनाको मृत्यु भएको छ ।