आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

२२ चैत्र २०७५, शुक्रबार १०:५९

काठमाडौं , घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । चैत कृष्ण औंसीका दिन आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दैछ ।आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा पनि छ ।