आजबाट सुरू माध्यमिक शिक्षा परीक्षा एसईईमा नायिका करिश्मा मानन्धर पनि सहभागी

१० चैत्र २०७५, आईतवार १०:०३

काठमाडौं , आजबाट सुरू माध्यमिक शिक्षा परीक्षा एसईईमा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् ।उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।
१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा आएकी थिइन् उनी । पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो । त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् । उमेरले उनी अहिले ४५ वर्ष पुगेकी छन् ।यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।