आगोमा जलेर बालिकाको ज्यान गयो

१० माघ २०७६, शुक्रबार १३:३४


सिरहा, आगोमा जलेर एक बालिकाको ज्यान गएको छ । बिहीबार राति कर्जनहा नगरपालिका–४ बसतिपुर बजारकी अन्दाजी १५ वर्षीया सलोनी नायकको जलेर ज्यान गएको छ ।
आमा आशा नायकसँगै सुतिरहेका बेला करिब १२ बजेतिर विजुलीको मिटर सर्ट भइ आगजनी हुँदा सलोनीको ज्यान गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका सन्तु जैसवालले जानकारी दिए । शव पोस्टमार्टमका लागि रामकुमार उमा प्रसाद स्मारक अस्पताल लहान लाने तयारी भइरहेको छ ।