आईएनजीओको पैसा लिएको छैन मुख्यमन्त्री पौडेल

२८ कार्तिक २०७५, बुधबार १७:२४

मकवानपुर

 

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीमा रहेको सरकारी निवास मर्मतमा आईएनजीओको सहयोग नलिएको बताएका छ न।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शीर्षकमा प्रकाशित समाचारबारे धारणा सार्वजनिक गर्न निकालिएको प्रेस विज्ञप्तिमा पौडेलले आफूले कसैको सहयोग नलिएको बताएका हुन । भैँसेपाटीमा रहेको शहरी विकास मन्त्रालयको स्वामित्वकोे भवन मुख्यमन्त्रीको सरकारी आवास भवनको रुपमा प्रयोग भएको जनाउँदै त्यसको मर्मतमा सरकारी रकम नै खर्च भएको पौडेलका निजी सचिव बद्रीबहादुर पाठकले जानकारी दिए ।

‘उक्त भवनको मर्मत, रंगरोगन, सजावटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिएको कुरा आधारहीन र तथ्यमा आधारित नरहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ, ।