अर्घाखाँची भूमिकास्थान नगरपालिकामा जिप दुर्घटना, ३ को मृत्यु

२५ चैत्र २०७५, सोमबार १६:५१

अर्घाखाँची , सदरमुकाम सन्धिखर्कबाट प्युठानको बरौला जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेबाँझमा दुर्घटना भएको थियो।

दुर्घटना परी प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ। अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको छ।