अर्घाखाँची अनिश्‍चितकालका लागि सिल

३० बैशाख २०७७, मंगलवार १७:५३

अर्घाखाँची , छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि मंगलबार बिहानैदेखि प्रशासनले अर्घाखाँची जिल्लालाई पूर्णरुपमा अनिश्‍चितकालका लागि सिल गरेको छ । कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आउजाउ बन्द गरेको हो । सोमबार एकैदिन कपिलवस्तुमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।
सरकारले विश्‍वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि जेठ ५ गतेसम्म लकडाउन गरेको छ ।