अरिङ्गालको टोकाइबाट १५ बर्षीय किशोरको मृत्यु

१० भाद्र २०७६, मंगलवार १२:३४

  

बुटवल, अरिङ्गालको टोकाइबाट अर्घाखाँचीको सन्धिखर्क ५ का १५ बर्षीय किशोर नन्द बहादुर मुखियाको मृत्यु भएको छ । स्थानीय गोपेश्वर आधारभूत विद्यालयमा कक्षा ५ मा अध्यनरत नन्द बहादुर स्कुल जानेक्रममा घर नजिकै बलेवाङ स्थित रूखमा चढेर कटहर खानेक्रममा अरिंगालले टोकेको थियो ।

अरिंगालको टोकाईबाट घाईते भएको गाउँलेले देखेपछि मुखियाँलाई उपचारको लागि जिल्ला अस्पताल पुर्याएका थिए । जिल्ला अस्पतालले बुटवल रिफर गरेपनि समयमा उपचार पाउन नसकेपछि उनको मृत्यु भएको बताइएको छ ।

अहिले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।