अम्बाका पातहरुको फाइदाहरु

१९ श्रावण २०७७, सोमबार १४:५६

काठमाडौं , सबैलाई ज्ञात भएको कुरा हो, अम्बा एक सुपर फलको रूपमा चिनिने गर्दछ। अम्बामा पाइने थुप्रै गुणकारी तत्वले मानिसको स्वास्थलाई धेरै फाइदा हुने गर्दछ। अम्बामा पाइने भिटामिन सी, लाइकोपिन र एन्टीआक्सीडन्टहरूले छालाका लागी लाभदायक हुन्छ। अम्बामा रहेको पोटासियमले रक्तचापकोस्तरलाई सामान्य बनाउन मद्दत गर्दछ। यसैगरी, यसमा ८० प्रतिशत पानी र उच्च फाइबर भएकाकारण तौत घटाउन पनि सहयोग गर्दछ। यी सबै त भए अम्बाका फाइदाहरु तर, के तपाईंलाई थाहा छ अम्बाको पातहरु पनि स्वास्थका लागि बहुउपयोगी हुन्छ भनेर रु अम्बाका पातहरु मेक्सिको तथा दक्षिण अमेरिकाको केही भागहरूमा परम्परागत औषधिकोरुपमा प्रयोग गरिन्छ। उक्त ठाउँहरुमा अम्बाका कलिला पातहरुको चिया बनाउने गरिन्छ जसमा भिटामिन सी, क्वेर्सेटिन र एन्टिअक्सिडेण्ट प्रशस्त मात्रमा पाइन्छ।

अम्बाका पातहरुको फाइदाहरु

झाडापखालामा उपयोगी स् रेविस्टा डो इन्स्टीटोटो डे मेडिसिना ट्रोपिकल डी साओ पाउलोमा प्रकाशित एक अध्ययन अनुसार, अम्बाका पातमा स्टेफिलोकोकस अ‘ारियस ब्याक्टेरियाको बृद्धिलाई रोक्छ, जुन झाडापखालाको सामान्य कारण हो। अम्बाको पातलाई तातोपानीमा उमालेर चिया बनाएर पिउँदा पेट दुखेको देखि लिएर पखलालाई समेत ठिक गर्छ।

तौल घटाउनः अम्बाका पातले अनावश्यक रुपमा बढेको तौल घटाउन पनि मद्दत गर्दछ। यसका पातहरुको चिया बनाएर दैनिक पिउँदा वजनमा आश्चर्यजनक परिवर्तन आउने गर्दछ। अम्बाको चियाली शरीरमा रहेको अनावश्यक बोसोलाई सजिलैसँग घटाएर स्वास्थ लाभ हुने गर्दछ।

क्यान्सरको जोखिम कम गर्छ स्अम्बाको पातले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्ने गर्दछ। यसमा पाइने अधिक मात्रामाको एन्टिआक्सिडन्ट लाइकोपिनको कारणले क्यान्सरको जोखिम कम गर्दछ। विशेषगरी यसका पातहरु स्तन, प्रोस्टेट, र मौखिक क्यान्सरका लागि बहुउपयोगी हुन्छन्। अध्ययनका अनुसार क्यान्सरको जोखिम कम गर्न लाइकोपिनले महत्त्वपूर्ण भूमिका खेल्दछ।

रुघा खोकीको लागि उपयोगीः अम्बाका पातहरुमा प्रशस्तमात्रमा भिटामिन सी र आइरन पाइने भएकाले यसले रुघा, खोकी तथा चिसो लाग्नबाट जोगाउँदछ। साथै, अम्बाका पातहरुले श्वासप्रश्वासको मार्ग, घाँटी र फोक्सोलाई डिसइन्पÞmेक्ट गर्न मद्दत गर्दछ।

प्रतिरोधक क्षमता बढाउनेः पोषण विशेषज्ञ डा। अन्जु सूदकाअनुसार अम्बाका पातको चियाले मानिसको प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्दछ जसले विभिन्न रोगहरुको जोखिमलाई न्यूनीकरण गर्दछ।

ग्यास्ट्रिकको लागि उपयोगीः अम्बाका पातहरु ग्यास्ट्रिकको समस्या भएकाका लागि बहुउपयोगी हुने गर्दछ। पाचन प्रणालीलाई गडबड गराउने अतिरिक्त म्युकसको उत्पादनलाई कम गर्दछ र एन्टि–ब्याक्टेरियल गुणका कारण आन्द्रामा माइक्रोबियलको वृद्धिलाई रोक्दछ।(क्यानाडानेपालबाट साभार)