अबको यात्रा सुशासन र विकासतर्फ केन्द्रित हुने छः प्रधानमन्त्री ओली

७ फाल्गुन २०७५, मंगलवार १२:१६
काठमाडौं, प्रधामन्त्री केपी शर्मा ओलीले  अहिले पनि हाम्रो लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति  प्रतिविम्वित भएको बताउनु भएको छ । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय भएको बताउनु भएको हो ।  सरकार सञ्चालनको यस वर्षलाई आधार बर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई सरकारले प्राथमिकता दिएको बताउनु भयो । अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेको बताउँदै प्रम ओलीले अबको यात्रा सुशासन र विकासतर्फको भएको  बताउनु भयो । यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको प्रधानमन्त्रीले उल्लेख  गर्नु भयो ।कार्यक्रमको अवसरमा प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघषमा आपूmलाई वलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु भयो ।