अफगानिस्तानमा विस्फोट, ६३ को मृत्यु

१ भाद्र २०७६, आईतवार १४:२४

एजेन्सी
काबुल , अफगानिस्तानमा एक बिवाह समारोहमा विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ । राजधानी काबुलमा भएको विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन्।

बीबीसीले प्रत्यक्षदर्शीलाई उधृत गर्दै जनाएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका हुन । विस्फोट स्थानीय समयअनुसार राति २२ः४० बजे भएको थियो। आन्तरिक मन्त्रालयका प्रवक्ता नस्रत राहिमीका अनुसार हताहती हुने गैरसैनिक हुन् ।

विवाह समारोहमा जमघट भइहरेको समयमा विस्फोट गराइएको सिन्हवाले जनाएको छ । राहिमीका अनुसार हासम्मस कसैले आक्रमणको जिम्मेवारी लिएको छैन् ।