अन्जना र विकललाई कांस्य पदक

२६ मंसिर २०७४, मंगलवार १४:५७

मंसिर २६, काठमाडौं । बेलारुसमा भएको सातौँ अन्तराष्ट्रिय मार्सल आर्ट गेम्समा आइटिएफ तेक्वान्दोकी अन्जना सिवाकोटी र विकल पौडेलले कांस्य पदक जितेका छन् ।

बेलारुसको मिनिस्क शहरमा भएको च्याम्पियनसिपमा अन्जनाले ५९ केजी तौलसमूहमा कांस्य पदक जितेकी हुन् । अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्स कमिटी (आइएमजिसी) को आयोजनामा भएको गेम्समा अन्जना क्वार्टरफाइनलमा काजकिस्तानकी खेलाडीलाई हराउँदै अन्तिम ४ मा पुगेकी थिइन् । तर, अन्तिम ४ मा स्टोनियाकी खेलाडीसँग स्तब्ध भएपछि अन्जना कांस्य पदकमै सीमित भएकी हुन् । विकलले भने पुरुष ५७ केजी तौलमा कांस्य पदक जितेका थिए ।

नेपालका लागि ६७ केजी तौलसमूहमा मनोज खड्का र प्याटर्नमा प्रतिस्पर्धा गरेका शिव पाण्डे भने पदक विहीन रहे ।