अत्यधिक चिसोका कारण हुम्लाका विद्यालय बन्द

१८ पुष २०७५, बुधबार १०:५५

हुम्ला– अत्याधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकार्इका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १ सय ५१ विद्यालय बन्द भएका छन्। यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन्।