अटेरी औषढी व्यवसायीको दादागीरि कहिल्य सम्म ?

३ पुष २०७४, सोमबार ०६:२८

पुष ३ ,सुनसरी ।
सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थय विज्ञान परिसर हातामा संञ्चलीत लाईफ केयर औषढी पसलको अनुमति सकिएपनि कानूनको पालना नगरि मनोमानी ढंगले सञ्चालनमा रहेको भन्दै नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाले तालावन्दी गने चेतावनी दिएको छ ।

आईतवार गरिएको पत्रकार सम्मलेनमा संघले एक हप्ताभित्र प्रतिष्ठान प्रशासनले हटाउने पहल नगरे तालावन्दी गर्ने चेतवनी दिएको हो । यसअघि पनि संघले बिपि प्रतिष्ठान,अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग र औषधी व्यवस्था विभागलाई पत्राचार गरि तीन वर्ष अघि नै अुनमती सकिएको लाईफ केयर औषढी पसल अहिल्य अवैधानिक किसीमले संञ्चालनमा रहँदै आएको पत्राचार गरेको थियो । पवन अग्रवालले संञ्चालन गर्दै आएको उक्त औषढी पसल हटाउन अख्तियारको ईटहरीस्थित क्षेत्रिय कार्यालयले यसअघिपनि प्रशासनलाई ताकेता गरेको भएपनि संञ्चालकले अटेर गर्दै आएको बुझिएको छ ।