९३ वर्षीय बुस सिनियरमाथी अभिनेत्री हिथर लिन्डको यौन उत्पीडनको आरोप

कात्तिक ९, काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् ।

९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् ।हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाएकी हुन् ।

उनले इन्स्टाग्राममा गरेको पोस्ट पछि हटाएकी थिइन् । तर पूर्व राष्ट्रपति बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरेका छन् ।  उनले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागेका छन् । (एजेन्सी)


प्रकाशित | २०७४ कार्तिक ९ प्रकाशित ०४:१८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ