२ सय ५८ ले लिए उम्मेदवारी फिर्ता

२० कार्तिक २०७४, सोमबार ०१:१२

कात्तिक २०, काठमाडौँ । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभाका २ सय ५८ प्रत्यक्ष उम्मेदवारले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचान कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम रहेको थियो ।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दैै कांग्रेसका बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै सुनसरी, क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका अशोक राईलाई समर्थन गर्दै आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

विभिन्न दलहरुको तालमेलका कारण उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार २ जनाको उम्मेदवारी रद्द र २ सय ५८ जनाको उम्मेदवारी फिर्ता भएसँगै अब ४ हजार ७ सय ४७ जनाको उम्मेदवारी कायम भएको छ । आजको नागरिकमा खबर छ ।