१३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक

११ आश्विन २०७४, बुधबार ०८:१९

काठमाडौं, ११ असोज । प्रदेश न २ अन्तर्गतको गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म १३४ तहको मतपरिणाम सार्वजनिक भएको छ ।

१ सय ३६ स्थानिय तहमध्ये अब २ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ । नेपाली कांग्रेस ४० स्थानीय तहमा विजयी भएको छ । यस्तै नेकपा एमाले १८ तहमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्रले २१, संघीय समाजवादी फोरमले २५, राजपाले २४, लोकतान्त्रिक फोरमले ३ र अन्य दलले तीन तहमा विजयी भएका छन् ।

बाँकी २ तहमा मतगणना जारी रहेको छ ।