१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

९ आश्विन २०७४, सोमबार १४:१०

काठमाडौँ, ९ असोज । गत असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, नेकपा (एमाले) १८, २४, नेकपा (माओवादी केन्द्र) २१, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता पार्टी नेपाल २४, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छ ।

यसैगरी, सप्तरीको राजविराज नगरपालिका, बाराको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ ।