हामी युद्धमा नै छौँ : प्रचण्ड

११ फाल्गुन २०७७, मंगलवार १४:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल खेमा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अहिले ‘जनयुद्ध’ र जनआन्दोलनका उपलब्धी अपहरण गर्ने विरुद्धको शान्तिपूर्ण युद्धमा रहेको बताएका छन्।

“हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन,’’ उनले भने, “पुस ५ गतेदेखि हामी फागुन ११ गतेसम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौँ ।

देशव्यापी रूपमा तपाइँ–हामी युद्धमा नै छौँ । अर्को पक्ष हतियारबद्ध भएर दबाउन बल गर्न खोज्दै छ ।’’ उनले युद्ध जित्न संकल्प गर्न आवश्यक रहेको पनि बताए ।