स्याङ्जामा आजबाट मतगणना शुरु हुने

२४ मंसिर २०७४, आईतवार ०३:२०

मंसिर २४, काठमाडौं । स्याङजा जिल्लामा बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर २ मा भएको बुथ कव्जाको विषयलाई लिएर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बीच विवाद चलिरहँदा शनिबार सम्म मतगणना हुन सकेन । त्यहाँ आजबाट मतगणना शुरु हुने बताईएको छ ।

बाम गठबन्धनले मतगणना गर्न रोक लगाउँदै कांग्रेसद्वारा कव्जा गरिएका ४ वटा बुथमा पुन मतदानको माग राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो । त्यसपश्चात कांग्रेसले पनि एमालेद्वारा ५ वटा बुथ कव्जा भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराएको थियो ।