स्कूल बस र रेल एकआपसमा ठोक्किंदा चार जनाको मृत्यु, २० जना घाईते

२९ मंसिर २०७४, शुक्रबार ०८:३४

डिसेम्बर १५, एजेन्सी ।

फ्रान्सको मिलाजमा स्कूल बस र रेल एकापसमा ठोक्किंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

स्कूल बस र रेल एकआपसमा ठोक्किंदा चार जनाको मृत्यु, २० जना घाईते फ्रान्सको मिलाजमा स्कूल बस र रेल एकापसमा ठोक्किंदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाईतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको स्कूलबाट घर फर्कने क्रममा रहेका विद्यार्थी चढेको बसमा रेलले ठक्कर दिएको हो । मृत्यु हुनेमा १३ देखि १७ बर्ष उमेर समूहका बालबालिका छन् । दुर्घटनामा घाईते महिला चालकमाथि अनुसन्धान थालिएको छ । दुर्घटनामा परेको बस दुई टुक्रा भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।