सिरहा १ मा काँग्रेसका प्रदिप गिरि विजयी

२५ मंसिर २०७४, सोमबार ०८:४६

मंसिर २५ , सिरहा ।
नेपाली काँग्रेसभित्रका चर्चित अनुहारहरु एकपछि अर्को गर्दै पराजीत भईरहँदा सिरहामा भने काँग्रेसभित्रका प्रखर वंक्ताका रुपमा चिनिने प्रदिप गिरि विजय हुनुभएको छ ।


सिरहाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई त्यस क्षेत्रका स्थानीयले २३ हजार ९५१ मत दिएर प्रतिनीधिसभा निर्वाचनमा विजय गरेका छन् । गिरीका निकटतम प्रतिस्पर्धी एमालको गंगाप्रसाद यादवले भने २१ हजार ३७१ मत मै चित बुझाउनु परेको छ ।