व्यावसायिक शिक्षा सुधारका लागि नयाँ परियोजना शुरु

९ कार्तिक २०७४, बिहीबार ०३:०५

कात्तिक ९, काठमाडौं । ब्रिटिश काउन्सिल नेपालले प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना शुरु गरेको छ ।

युरोपेली सङ्घको सहयोगमा शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को समन्वयमा सञ्चालित चारवर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालिम दिनेछ ।

परियोजनाले स्वदेशमै रोजगारीको राम्रो अवसर सिर्जना गराउने परियोजनाका टोली प्रमुख सिएन कर्लीले यहाँ बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईन ।

परियोजनाले हालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षमता वृद्धि, सुशासन र सरकारी तथा निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनेछ ।  गत डिसेम्बरमा त्रिपक्षीय समझदारी भएको परियोजनाको कूल बजेट २ अर्ब करोड रुपैयाँ रहेको छ ।