वाम गठबन्धनमा लोभिएका बाबुराम कांग्रेसको अंकुशमा

७ कार्तिक २०७४, मंगलवार १६:२४

कात्तिक ७, काठमाडौं वाम गठबन्धनमा मिसिएका नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुन नेपाली कांग्रेसको अंकुशमा परेका छन् । उनी गोरखा क्षेत्र नं. २ बाट चुनावी मैदानमा भिड्दैछन्।

देशलाई नै नयाँ शक्तिको आवश्यकता भएको ठान्दै आर्थिक समृद्धिको नारा ल्याएर  चर्चामा आएका भट्टराई न त कम्युनिष्ट हुन सकियो न त प्रजातान्त्रिक नै बन्न सकियो । २०७२ असोज ९ गते माक्र्सवाद नै परित्याग गरी नयाँ शक्ति बनाएका भट्टराई दुई वर्षपछि असोज १७ गते वाम गठबन्धनमा सामेल भएका थिए।  जसरी माक्सवादको आन्दोलनबाट राजनीतिक भूमिका खेले पनि अन्तत वाम गठबन्धनमा पनि केही दिनसम्म टिक्न सकिएन । यतिबेला भने बाबुराम कांग्रेससँग गठबन्धन बनाएर गृह जिल्ला गोरखामा व्यस्त छन्। एमाले–माओवादी गठबन्धन जति आकस्मिक थियो, त्यसभन्दा निकै रहस्यमय तरिकाले वाम गठबन्धनमा आएका थिए बाबुराम। सात दिन नबित्दै वाम गठबन्धन छोडेर कांग्रेसमा गएपछि बाबुराम किन आए र किन गए ? भन्ने विषय यतिबेला चर्चामा छ ।

 

गोरखा जिल्ला क्षेत्र नं. २ का लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नै टिकट लिए पछि भट्टराईलाई सकस परेको छ ।  जसरी २०७५ सालसम्म आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने सपना बोकेर माओवादी केन्द्रबाट बाहिरिएका बाबुराम स्थानीय निर्वाचनमा जम्म दुई सिटमात्र ल्याएर ठूलो झड्का लागेको बेला देवेन्द्र पौडेल लगायतका अधिंकश पूर्वमाओवादी नेता–कमार्यकर्ता माओवादी केन्द्रमै फर्किए त्यसबाट आफ्नो राजनीतिमा चुनौती महसुस गरेर राजनीतिलाई सुरक्षित गर्न वाम एकताको प्रक्रियामा मिसिएका बाबुराम अहिले न यता न उताको अवस्थामा छ ।

 

असोज १७ गतेको वाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे। तर, आफ्नो सात मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन्। त्यससंगै कम्युनिष्ट आन्दोलन र समाजवाद अंगाल्दै आएका बाबुराम अन्तत नेपाली कांग्रेसका चुनाव चिन्ह प्रयोग गर्ने भएका छन् । जसरी एमाले, माओवादीवीच वाम गठबन्धन गर्न पुगे अहिले त्यो भन्दा पृथक शैलीमा नेपाली कांग्रेससंग गठबन्धनमा बाँधिन पुगेका छन् उनी । विभिन्न समाचार र विश्लेषकहरुको अनुसार बाबुरामलाई दक्षिणतिरबाट दबाब आएकै कारण आफ्नो अडानभन्दा बाहिर गएको भन्ने छ । उनी भारतबाट चलाएको रिमोटको आधारमा आफ्नो गूड परिवर्तन गर्दै विपरित विचारका दलसंग जोडिन पुगेको अनुमान लगाएका छन् । केही भन्छने् बाबुराम आफ्नो नेता कार्यकर्ताले छाडेर एक्लिदै गरेको अवस्थामा वाम गठबन्धनको मौकाको चौका मार्दा अंकुशमा अल्झिएको दावी गरेका छन् । जसले गर्दा एक हप्तापनि टिक्न नसकि कांग्रेससंगको गठबन्धनको शरणमा पुगेको भनाई छ ।