लागूऔषध सहित पक्राउ

७ पुष २०७४, शुक्रबार ११:४५

पुस ७,काठमाडौं ।
काठमाडौं महानगरपालीका–१४ कलंकीबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोबाट खटीएको प्रहरी टोलीले भारत मोतिहारी थाना रक्सौल घर भएका ३७ वर्षिय रमेश कुमार पक्राउ परेका छन् ।


रमेशले चलाएको बिआर ५ टिएमपि २०१७ ९७को सेतो रङको स्कर्पियो गाडीको पछाडिको सिटमा प्लासिटिकका जेब्रा झोला भित्र ३५वटा प्याकेटहरुमा लुकाई छिपाइ राखेको लागु औषध फेला पेरेको हो । उनको साथबाट फेबुप्रिनर्फिन १२ सय एम्पुल र फेनारगन ११ सय एम्पुल गरी जम्मा ३५ सय एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रमेश कुमार विगत लामो समयदेखि नेपाल–भारत सिमानाबाट बुप्रिनफिर्न, डाइजेपाम लगायतका नियन्त्रित लागूऔषध नेपाल भित्र्याई काठमाडौं तथा अन्य प्रमुख सहरहरुमा आफ्नो संजाल बनाई कारोेबार गर्ने मुख्य व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको मध्यान्ह पत्रिकाले छापेको छ ।