राजपाले खाता खोल्यो, हंशपुर नगरपालिकाको प्रमुखमा रामज्ञान विजयी

असोज ४, धनुषा । प्रदेश २ मा भएको तेस्रो चरणको स्थानीय तहको पहिलो परीणाम राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा आएको छ ।

धनुषाको हंशपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राजपा उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका छन् । रामज्ञानले ३ हजार ३ सय २० मत ल्याएका छन्, भने रेणुदेवीले ३ हजार २ सय ७६ मत ल्याएका छन् ।

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदिप यादवले ३ हजार २ सय २९ ल्याए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३ हजार २७ मत ल्याएका छन् ।

 


प्रकाशित | २०७४ आश्विन ४ प्रकाशित १२:४९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ