राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय पक्राउ

१५ मंसिर २०७४, शुक्रबार ०८:२०

मंसिर १५ ,धादिङ ।
राजधानी भित्र्याउँदै गरिएको प्रेसरकुकर र सकेटबमसहित दुई भारतीय नागरिकलाइ पक्राउ गरिएको छ ।

काकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ४९७६ नम्बरको यात्रुबाहक बसमा चेक जाँच गर्नेक्रममा दुई जना भारतीय नागरिकलाई तयारी अवस्थाको बमसहति नियन्त्रणमा लिइएको खानिखोला प्रहरीले जनाएको छ । उनीहरुको साथबाट अन्य बम बनाउने समाग्री पनि बरामत गरीएको प्रहरीले जनाएको छ ।

काकटभिट्टावाट काठमाडौं आउदै गरेको ना ७ ख ४९७६ यात्रुबहाक बसमा नौविसेमा प्रहरीले चेकजाँच गर्दा प्रेसरकुकर, सकेट बम सहित विस्फोटक पदार्थ बरामद गरेको हो ।काठमाडौं ल्याइदै गरेको अवस्थामा विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत सिलगुढीका एम फर्मा खान र आसामका राजु मिश्र रहेका छन् । उनीहरुको साथवाट तयारी अवस्थामा रहेको तीन थान बम र विस्फोटक पदार्थका साथै मोटरसाइकलको सक लगायतका सामाग्री बरामद भएको छ ।


नौविसेमा खाना खान रोकेको समयमा प्रहरीले खानतलासी गर्दा उक्त सामाग्री बरामद भएको हो । उक्त बम र विस्फोटक सामाग्री भारत हुँदै नेपाल भित्राइएको प्रहरीको अनुमान छ । निर्वाचन विथोल्ने समूहले उक्त सामाग्री भित्राएको आशंकामा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।