रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा

भदौ २२, काठमाडौं । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

 

क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नदाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नदालले ६–१, ६–२ र ६–२ को सोझो सेटमा जितेका हुन् ।

यो जितसँगै स्पेनिस टेनिस स्टार नदालले स्विस खेलाडी रोजर फेडेररसँगको सम्भावित सेमिफाइनल भिडन्त तय गरेका छन् । क्वाटरफाईनलमा फेडेररले हुँवा मार्टिन डेल पोट्रोको सामना गर्दैछन् । उक्त खेल जितेको खण्डमा फेडेररको भिडन्त नदालसँग हुनेछ ।

युएस ओपन टेनिसमा हालसम्म फेडेरर र नदाल आमने सामने भएका छैनन् । पुरुष एकलतर्फको अर्को सेमिफाइनलमा स्पेनका कारेनो बुष्टा र दक्षिण अफ्रिकाका केभिन एण्डर्सन भिड्नेछन् ।


प्रकाशित | २०७४ भाद्र २२ प्रकाशित ०३:२४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ