माईक्रोको ठक्करबाट दम्पतीको मृत्यु

१ मंसिर २०७४, शुक्रबार ०८:३२

मंसिर १, झापा ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा माईक्रोको ठक्करवाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ५८८७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।