भूपिले त्यसै भनेका हैनन् , “यो हल्लै–हल्लाको देश हो”

८ मंसिर २०७४, शुक्रबार ०८:००

शशिशेखर घिमिरे/तस्वीरः मन्जिल कन्दङ्वा

मंसिर, ८ काठमाण्डौं ।

हो, “यो हल्लै–हल्लाको देश हो, “कवि भूपि शेरचनले उहिल्य भनेका थिए” । भूपिले त्यसै भनेका थिएनन्, यो हल्लै हल्लाको देश भनेर । हिजो देखि नै गाईगुई रुपमा “आज बन्द रे” भन्ने खवर चलिसकेको थियो । तर बन्द कस्ले र किन गरयो यकिन जानकारी खासै थिएन् ।

कसैको ठम्याई विप्लव माओवादीले बन्द गरेको पनि थियो । तर उक्त पार्टीले आफूले बन्द नगरेको बताईसकेपछि अव दोष किन विप्लपहरुलाई दिनु । कोही, बन्द कस्ले गरयो थाहा नै नपाएर बन्दको मारमा परे । कोही, सुरक्षा दिन पर्छ भन्ने माथिको आदेश मुत्ताविक नै कार्यक्षेत्रमा खटिए ।

त्यसो त सुरक्षाको लागी खटिएका प्रहरी समक्ष अवेर राती सम्म जानकारी लिईरहेको दुश्य पनि संवादददाताले देखेको थियो । लगनखेल प्रहरी बिट अघि डियुटीमा खटिएका प्रहरी जवानले पनि ति वृद्धबाजेको सोधाईमा “खै हाम्ले पनि त्यही सुनेका हौं, यस्तै–उस्तै जवाफ फर्काए । “हामीले बन्द गरेका हैनौ त बाजे”, “हामी त सधैं खोल्छौ नी” । प्रहरीमध्येका एक नाईके प्रहरी थिए, होला शायद । उनले जसै जवाफ दिए, उसै ति बाजे फिसीक्क हाँसेर लौ –त भन्दै अध्याँरोमा कतै हराए ।

ति बाजे मात्र कहाँ हुन् र ? धेरै मानिस बन्दको भेउ नपाएर नै बन्दको मारमा परे । त्यसो त आजको बन्दको मार हिजो साँझ देखि नै उपत्यकाको सडक र बस पार्कमा देखिन्थयो । सवारीहरु साँझ पर्न नपाउँदै कम थिए । कैयौ यात्रु सवारीको प्रतिक्षामा राती अवेर सम्म नै कुरिबसेका थिए । ति मध्यका एक जस्को स्थायी घर खोटाङ रहेछ । उनलाई संवाददाताले सातदोवाटो चोकमा राती अवेर बस कुरिरहेको अवस्थामा दिएको लिफ्टले पनि अघिल्लै दिन देखि सवारी साधनको संख्या कम भएको छनक दिन्थ्यो ।

त्यसैले त अन्यौलताकैबीच आह्वान गरिएको बन्द सुनेरै होला उपत्यकाका प्रायजस्तो कलेज र विद्यालय हिजै नखुल्ने जानकारी सहित विद्यार्थीलाई विदा गरिएको रहेछ । कार्यालय जानेहरुको छटपटी उतिकै देखीयो सडकमा ।अघिपछि मुश्किलले ४० देखि ४५ को हाराहारीमा चलाउन मिल्ने सवारी आज ७० देखि ८० को स्पीडमा चलाउन पाँउदा सायद के मोटरवाईक चालक के मोटरचालक फुरुङ्ग देखिन्थे । कलेज जान नपरेको जोशमा आफना प्रियशीलाई बाईकमा राखेर चाईना सरकारको लगानीमा निर्माणाधीन आठ लेनमा हुईकिएका केटाकेटीको तमासा हेर्न लायक थियो सडकमा ।

वातवरण शान्त थियो । बिहानदेखि सडकमा सार्वजनिक सवारी खासै चलेनन् । नीजि सवारी केही देखिन्थे । ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु पट्यारलाग्दो कुराईमा थकित भएर होला शायद वाटोमै थुचुक्क बसेको पनि देखिए । स्कूल बन्द हुँदाको जोश ससाना केटाकेटीहरु सडक र चोकमा बल र क्रिकेट खेलेर देखाईरहेका थिए । बटुवाहरु चुपचाप गन्तव्य हिडीरहेका थिए ।

सुरक्षाक्रर्मि आफनै तालमा चोकचोकमा डन्ठा लिएर उभिएका थिए । ति मध्य कतिलाई भर्खरै पाएको म्यादी जागरिको चाहा पनि थियो होला । अनि कतिलाई यो मुटु ठिडाउने चिसोमा डुयुटी गर्नुपर्ने कहर पनि थियो होला । रहर र कहर जे जस्तो भएपनि आज साँच्चै भूपिले भने झै हल्लै हल्लाको देशमा बन्दले देश हल्लाएको छ ।

मौनता साँधेर चुपचाप कसैले नगरेको बन्दको शिकार हुनुपरेको छ जनताले । जस्ले बन्द गरेपनि एकचोटी फेरि वन्दको मारमा परेका छन् सर्वसाधारण । त्यसैले त सडकहरुले राहात पाएका छन् धेरै पछि । अनि शहरमा प्रदुषण कम हुँदा शहरवासीले राहातमहसुस पनि गरे होला ।

तर वास्तवमा बन्दको हल्लाले नै बन्द हुने मेरो देशको जनताले सवारी नगुड्दा साँच्चीकै के पाए पाएनन् त्यो भने देश चलाउन खोज्नेले जानुन् । बन्दको हौवा फिजाएर  मनोरञ्जन लिनेहरुको अभिष्ट पूरा भएकोमा सरकारलाई हिनतावोध होला नहोला ? तर वास्तवमै पीडित स्थानीइ जस्ले सार्वजनीक सवारीविना गन्तव्य पुगेर कमाएको दुईचार पैसाले भरे साँझ आफना कलिला बालबच्चाको पेट भर्नु छ ।

ति वर्ग र तप्कालाई भने वास्तवमै बन्दको  राप र तापले सेकेको थुप्रै दुश्य देखिन्थ्यो । जुन चाहेरै पनि अक्षरका माध्यमबाट न तपाईलाई देखाउन सक्छौं न तस्वीरको माध्यमवाट तीनका पीडा अभिव्यक्ति गर्न सक्छौं । बस् यति नै ।