भाइ–बहिनीको प्रेम प्रतीक—सामा–चकेवा सम्पन्न

१९ कार्तिक २०७४, आईतवार ०२:०८

कात्तिक १९, सप्तरी । भाइ–बहिनी बीचके प्रेमको प्रतीकका रुपमा रहेको सामा–चकेवा पर्व शनिबार सम्पन्न भएको छ । आ–आफ्ना दाजुभाइको कल्याण एवम् सु समृद्धिको कामना गर्दै घरघरमा दिदीबहिनीले सामूहिक रुपमा खेल्ने सामा–चकेवालाई केही समुदायले पानीमा र केही समुदायले जोतेको खेतमा विसर्जन गर्ने गर्छन् ।

दिदी–बहिनीले दाजुभाइलाई घरमा बोलाएर विभिन्न कलात्मक ढंगले निर्माण गरिएको माटोको प्रतिमा स्वरुप सामा–चकेवा लगायतका पात्रलाई बिदाइ गर्न लगाएर यो पर्वको समापन गरिएको खबर आजको गोरखापत्रमा छ ।

पर्वको अन्तिम दिन (कात्तिक पूर्णिमा) मा दाजुभाइका हातबाट ती आकृति फुटाउन लगाई जोतिएको खेत वा निर्जन वनमा गाडेर वा पानीमा सेलाएर पर्व समापन गरिएको हो ।