बिहुँकोट समाज कान्साईको अध्यक्षमा सुवेदी

९ मंसिर २०७४, शनिबार ०१:४९

मंसिर ९, काठमाडौं । बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितीको दोश्रो अधिवेशनले कृष्ण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

आगामी दुई बर्ष कार्यकाल रहने १३ सदस्यीय नयाँ कमिटिको बरिष्ट उपाध्यक्षमा तोयानाथ रिजाल, राजु कँडेल, सचिवमा बेदप्रसाद कँडेल कोषाध्यक्षमा पोषण कँडेल तथा सदस्यहरूमा खगराज कँडेल, आनन्द प्रसाद कँडेल, डिलाराम कँडेल, राम प्रसाद कँडेल र बलबहादुर केसी सर्वसम्मत रूपमा चयन भएका छन ।  क्षेत्रीय समितीका उपाध्यक्ष कृष्ण शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिहुकोट समाज जापानका उपाध्यक्ष प्रेम प्रसाद कँडेल प्रमुख अतिथि रहनुभएको थियो । यस्तै स्टार ग्रुपका संयोजक दिलीप कँडेल, बिहुकोट समाजका उपाध्यक्षद्वय ईन्द्लाल सुबेदी र गोबिन्द प्रसाद कँडेल, केन्द्रिय सदस्य गंगा कँडेल (मिलन) लगायतको अतिथ्यता रहेको थियो ।

 

सोही अवसर पश्चात नव निर्वाचित समितीको पहिलो बैठकले सल्लाहकारहरूमा केन्द्रीय उपाध्यक्ष गोविन्द प्रसाद कँड़ेल, ईन्द्र लाल सुबेदी, दिलीप कँडेल, कृष्ण शर्मा, प्रेम प्रसाद कँडेललाई चयन गरेको छ । बाँकी सदस्यहरू कार्य समितीले मनोनयन गर्ने बताईएको छ ।