बागलुङमा एघार हजार ५४७ मतदाता थपिए

३१ आश्विन २०७४, मंगलवार ०७:४८

३१ असोज, काठमाडौं । बागलुङ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा ११ हजार ५४७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले गत साउन १ देखि भदौ ३ गतेसम्म मतदाता नामावली दर्ताका लागि पून तोकेको समयमा नयाँ मतदाता थपिएका हुन् । थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ रहेका छन् ।

गत वैशाखमा स्थानीय तह चुनाव हुँदा एक लाख ५६ हजार आठ सय दुई मतदाता थिए । थपिएको मतदाता गरि अब एक लाख ६८ हजार ३४९ मतदाता संख्या रहेको छ ।

जिल्लाका दश स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकास चन्द्र पौडेलले बताए । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।