बत्तीसपुतलीमा रहेका रामचन्द्र मन्दिरमा ‘नेपालमै पहिलोपटक’ इ–पूजाको प्रारम्भ

११ कार्तिक २०७४, शनिबार ०१:५७

कात्तिक ११, काठमाडौं । राजधानीकै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा नेपालमा नै पहिलोपटक इ–पूजाको प्रारम्भ गरिएको छ ।

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवद्र्धन समितिले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषदका पूर्वाअध्यक्ष खिलराज रेग्मीले इ–पूजाको शुभारम्भ गर्दै देशमा नै पहिलोपटक इ–पूजाको सुरुआत गरेर मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताए ।

पूर्वमन्त्री शंकरप्रसाद कोइरालाले प्रविधिमार्फत् मन्दिर विश्वभर छरिएर रहेका भक्तजनसम्म पुगेको र मन्दिरबाट पुनःनिर्माण र व्यवस्थापनको पाठ अरूले सिक्नसक्ने बताए ।  मन्दिर सम्र्बद्धन समितिका सदस्यसचिव डा. गोविन्द टण्डनले अनलाइनबाट भुक्तानी गरी रु ५०१ देखि रु एक लाख ११ हजार १११ सम्मको पूजा गर्नसक्ने व्यवस्था गरिएको बताए । केही महिनामै अनलाइनमार्फत् प्रत्यक्षरुपमा पूजा गरेको दृश्यसमेत देखाउन तयारी गरिएको उनले जानकारी दिए ।

 

मन्दिरको वेबसाइट www.ramepuja.org   मा गएर पूजाका लागि फाराम भर्नसकिने बताइएको छ ।  इ–पूजा व्यवस्थापनको जिम्मेवारी नेपारिका टेक्नोलोजी प्रालिलाई दिइएको छ ।   सो अवसरमा प्रालिका दुर्गा फुयाँल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशवध्वज राणालगायतले सांस्कृतिक गतिविधिलाई आधुनिक प्रविधिसँग जोडिनुपर्ने धारणा राखे । रासस