‘पार्टी एकता रोकिदैन’ –अध्यक्ष दाहाल

९ पुष २०७४, आईतवार ०१:३८

पुस ९, काठमाडौं । नेकपा (माअ‍ेवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक÷दुई जनाले विरोध गरेर पार्टी एकता नरोकिने बताएका छन् ।

‘शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन’ कसैले त्यसको विरोध गर्छन भने ती छुट्छन् तर विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ । को नेताले के भने, त्यसको पछि नलाग्नुस,’ उनले  भने ।   नेकपा एमाले र माओवादी केन्द्र मा एकता मन नपराउने केही रहेको तर आफूहरु एकताप्रति इमानदार रहेकाले एकता कसैले चाहेर नभाँडिने प्रचण्डले बताए । “हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुंग्याउँछौं,” एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस, बरु एकताका लागि नेतृत्वलाई बल पु¥याउनुस्” भैरहवामा भएको कार्यक्रममा पार्टी कार्यकर्तालाई निर्देशन दिदैँ उनले भने ।

 

अध्यक्ष प्रचण्ड र नेता चक्रमणि खनाल ‘बलदेव’ को सम्मानमा माओवादी केन्द्र रुपन्देहीले शनिवार आयोजना गरेको कार्यक्रममा उनले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदबारे पार्टीले  कुनै निर्णय नगरेको बताए ।  अध्यक्ष प्रचण्डले पत्रपत्रिकामा माओवादीकाम समानुपातिक सांसदको सूची आएको रहेछ भन्दै तर समानुपातिक सांसदबारे कुनै निर्णय नभएको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले भने –“ तपाईहरु  त्यसको भ्रममा नपर्नुहोला । निर्वाचन आयोगले माग्नेवित्तिकै पार्टीमा छलफल गरेर सांसद टुंग्याउँछौं । उनले निर्वाचन आयोगले नाम नमागेको र पार्टीले समेत निर्णय नगरेको अवस्थामा सञ्चार माध्यममा अनुमानका आधारमा नाम छापिएो टिप्पणी गरे ।

 

राष्ट्रियसभासम्बन्धी देखिएको विवादको छिटै अन्त्य हुने उनले बताए । ‘ बहुमतीय कि एकल संक्रमणीय भन्ने विवादमा छलफलबाटै टुंगिन्छ, अब देश राजनीतिक  गतिरोध  अन्त्य गरेर अघि बढछ,’ प्रचण्डले भने । वाम गठबन्धन नयाँ सरकार निर्माणको तयारीमा लागेको समेत बताए । नयाँ सरकार निर्माण पछि विकासको गतिमा अगाडी बढ्ने र राजनीतिक अस्थिरताको अन्त्य हुने दाबी पनि प्रचण्डले गरे । ‘जनताको लामो समयदेखिको  शान्ति, स्थिरता र विकासको चाहना अब पूरा हुने बेला आएको छ, हामी सबैले अब राजनीतिक स्वार्थबाट माथि उठेर समृद्धिको बाटोमा अगाडी बढ्नुको विकल्प छैन,’ अध्यक्ष प्रचण्डले भने । –गोरखापत्र