पर्सा क्षेत्र नं ३ बाट फोरम नेपालका हरिनारायण रौनियार विजयी

२५ मंसिर २०७४, सोमबार ०६:५३

मंसिर २५ ,पर्सा । 

पर्साको क्षेत्र नं ३ बाट फोरम नेपालका हरिनारायण रौनियार विजयी भएका छन्।

रौनियारले १५ हजार १६८ मत प्राप्त गरेका छन् । उनले नेपाली कांग्रेसका पुर्व सभासद सुरेन्द्र चौधरीलाई पराजित गरेका हुन् । चौधरीले १३ हजार ८०१ मत प्राप्त गरे । एमालेका राजकुमार गुप्ताले १० हजार ९८६ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवले १० हजार ९ मत प्राप्त गरेका छन् ।