पत्रकार र सञ्चारमाध्यमले संयमता अपनाउन जरुरी : पूर्वसभामुख नेम्वाङ

५ पुष २०७४, बुधबार १४:१४

भीम लामा
मंसिर ५, काठमाडौं । पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द नेम्वाङले पत्रकारिता जगत अति सम्वेदनशील भएकाले सबै पत्रकार र सञ्चारगृहले संयमता अपनाउनु पर्ने बताएका छन् ।


आज राजधानीमा आयोजित पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गिकरण विषयका अन्र्तक्रिया कार्यक्रममा बोल्दै सञ्चार क्षेत्रले निरंकुशता विरुद्धको लडाईलाई सशक्त भूमिका खेल्दै राष्ट्रिय परिवर्तनमा ठूलो योदान पु¥याउँदै आएको बताउदै पत्रकारिता पेसालाई मर्यादित र व्यवस्थित बनाउन सबै पक्षलाई आग्रह गरे । उनले एक प्रसंगमा भने–‘कुनै व्यक्ति वा संस्थाको टिप्पणी गर्दा गम्भीर भएर सम्वन्धीत व्यक्ति, संस्थालाई नै सोधेर समाचार वा विषयवस्तु सम्प्रेशन गर्दा आचारसंहिताको मर्मलाई सहयोग पुग्नेछ,’ सस्तो लोकप्रियाताका लागि समाचार शीर्षक बनाउँदा आचारसंहिता विपरित कार्य हुने भएकाले गम्भीर भएर सोच्नु पर्ने बताए ।


प्रमुख अतिथि समेत रहेका नेता नेम्वाङले भरखरै सम्पन्न निर्वाचनबाट संविधानको कार्यान्वयन ठोस अवस्थामा पुगेको र अव कुनै वाधा उत्पन्न नहुने बताए । त्यस्तै निर्वाचनसम्बन्धी औपचारिक रुपमा राष्ट्रपतिकहाँ कुनै जानकारी नपुगेकाले सरकार गठन प्रक्रियामा ढिलाई भएको उनले जिकिर गरे । आज विहान एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेम्वाङ आफु राष्ट्रपतिसँग भेटघाट गरेको जानकारी दिदै अव मुलुकले छिटै सरकार पाउने दावी गरे ।

त्यस्तै प्रेस काउन्सिल नेपालका मूख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र प्रेस काउन्सिलले गरेका गतिविधिबारे कार्यपत्र प्रस्तुत गर्दै पत्रकारको अधिकार सुरक्षा, चुनौतीका साथै आफ्नो जिम्मेवार तथा दायित्व बारे स्पष्ट पारे । उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक विरबहादुर राईले समग्र पत्रकारिता जगतबाट समाज र राष्ट्रको हितका निम्त्ति लाग्नुपर्ने बताए । स्वच्छ,सफा, मर्यादित र व्यवस्थित व्यवसायिक पत्रकारितातर्फ उन्मुख हुनुपर्ने राईले औल्याए । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम विडारीले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा अझ शसक्त रुपमा लाग्न सञ्चारकर्मीहरुलाई आग्रह गर्दै पत्रकार हकहित र अधिकारको नीतिगत विषयमा आफू सधै लागि पर्ने बताए ।

प्रेस काउन्सिलको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको संयोजनमा आयोजित उक्त कार्यक्रममा विभिन्न साना लगानीका सञ्चार माध्यमले पाउनु पर्ने राज्य निकायको सुविधा तथा पत्रकार हकहितका विषयमा भएको छलफलमा भएको थियो ।