नोभेम्बर १९ तारिख जापानमा ऐश्वर्यको प्रर्दशन हुने

२७ कार्तिक २०७४, सोमबार ०२:३८

कात्तिक २७, काठमाडौं । गत हप्तादेखी नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । आक्रामक शैलीमा व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र नोभेम्बर १९ तारिख आइतवारका दिन टोकियोमा प्रदर्शन हुने डेस्टिनी क्रियसन कम्पनीले बताएको छ ।

चलचित्र ‘ऐश्वर्य’ टोकियोको नाकानो जेरो हलमा हुनेछ । युट्यूवमा सर्वाधिक हेरीएको ‘तिमी रोएको पल तिमीलाई’ गीत चर्चामा रहेको यो चलचित्रलाई जापानवासी नेपालीहरुले बहुप्रतिक्षित चलचित्रको रुपमा लिइरहेका छन् ।अझ चलचित्रका चर्चित नायक रमेश उप्रेती स्वयम् जापानबासी दर्शकमाझ उपस्थिती हुने भएपछि जापानको माहोल गर्माएको छ।

चलचित्र निर्माणमा प्रबिधिको उच्चतम प्रयोग र राम्रो कथाबस्तुका कारण चर्चामा रहेको चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनले आकर्षक बनाएको छ। चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, दीपिका प्रसाइँ,अर्जुन श्रेष्ठ, केशब भट्टराई, सुनिता ठाकुर, बिकास खतिवडा, अमित पोखरेल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ। चलचित्रलाई टोकियो बाहेकका तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मूख्य शहरमा पनि प्रदर्शनको तयारी गरिएको आयोजकले जनाएका छन्।