नेपाल आईडलका अन्तिम प्रतिस्पर्धी बुद्ध लामालार्इ पोखरेलीवासीको भव्य स्वागत (भिडियोसहित)

२७ भाद्र २०७४, मंगलवार १५:४२

भदौं २७ पोखरा ः एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को फाइनलमा प्रवेश गरेका बुद्ध लामालाई गृहनगरमा पोखरामा भव्य स्वागत गरेको छ । नेपाल आइडलको टप थ्रीभित्र प्रवेश गरेपछि गृहनगर आएको बुद्ध लामालार्इ पोखरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

 

बुद्ध लामा पोखरा आउने भएपछि मंगलबार बिहानैदेखि उनका फ्यान र बुद्ध लामा जिताऔं अभियानको टोली पोखरा विमानस्थल पुगेको थियो। स्वागतमा पुगेका उनका फ्यानहरूले बुद्ध नै नेपाल आइडल हुने पक्का भएको बताए । बुद्ध लामा जिताऔं अभियानको आयोजनामा लामालाई बाजागाजा सहित पोखरा विमानस्थलमा स्वागत गरेका थिए। स्वागतपछि उनलाई बाजागाजा सहित पोखरा परिक्रमा गराइयो।

स्वागत कार्यक्रममा युवा, बिद्यार्थी, संगित प्रेमी, तमाङ समाज र बुद्धका आफन्तको बाक्लो उपस्थिती रहेको थियो। स्वागत गर्न पोखरा विमानस्थल पुगेका युवायुवतीहरु बुद्धसँग सेल्फी खिच्ने तछाडमछाड गरेका थिए ।

बुद्ध लामा जिताउँ अभियानको आयोजनामा बुद्धलाई जिताउन भोट माग्दै बाजागाजा सहित टोली पोखराको मुख्य बजार परिक्रमा गरेको थियो।

बुद्धले पोखराको जनप्रिय क्याम्पस अगाडी प्रस्तुति दिएका थिए ।’मोहनी लाग्ला है, गाउँलेको बोलीले’ बोलको गीत गाएका थिए ।

भिडियो