नेपाली चलचित्र ‘रेस’ को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

५ पुष २०७४, बुधबार ०३:२६

नेपाली चलचित्र ‘रेस’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘बाइ पिर माया…’बोलको उक्त गीत मङ्गलवार साझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा संजित तामाङ र ममिला लामाको स्वर रहेको छ भने संजित तामाङको शब्द तथा सङ्गीत रहेको छ ।


भिडियोको कोरियोग्राफी गोविन्द राईको रहेको छ । किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा निता ढुङगाना, पुष्पा लिम्बु, सुलेमान शङ्कर ‘इकु’, किरण केसी, रबिन्द्र खड्का, लगायतका कलाकारको अभिनय रहेको छ ।