निर्वाचन आयोगले किन चिट काटेको ? -के.पी.ओली

१३ मंसिर २०७४, बुधबार ११:०७

मंसिर १३, काठमाडौं ।
बुधबार झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा ने.क.पा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पत्रपत्रिकामा आएको विज्ञापनबारे उनलाई थाहा नभएको बताए ।

निर्वाचन आयोगले आफ्नो नाममा स्पष्टिकरण दिन भन्दै पठाएको पत्रबारे उनले भने, “निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे ! किन काटेको थाहा छैन । ” यद्दपी पार्टीले आयोगलाई जवाफ दिइसकेको उनले बताए । प्रधानमन्त्री शेर बहादुर देउवालाई व्यङग्य गर्दै आलीले भने, आफू आचारसंहिता उल्लङघन गर्ने व्यक्ति नरहेको बताए । यसैक्रममा उनले नेपाली कांङगो्रसलाई व्याङग्या गर्दै भने, “कांग्रेससँग लोकतन्त्रको सीमित परिभाषा छ। कांग्रेसले आफूलाई नै लोकतन्त्र सम्झिएको छ । उसँग सीमित परिभाषा छ”, ओलीले भने, ‘उसको परिभाषामा कांग्रेस सरकारमा हुँदा मात्र लोकतन्त्र हुन्छ, नत्र हुँदैन ।’