निर्वाचनको लागी कर्मचारीलाई एक र बिद्यार्थीलाई तीन दिन बिदा

२ मंसिर २०७४, शनिबार ०९:१८

मंसिर २, काठमाण्डौं ।
निर्वाचन आयोगले आउदै गरेको चुनावको लागी सार्वजनिक विदा दिने भएको छ । सरकारी कर्मचारीलाई पहिलो चरणको लागि १० र दोस्रो चरणको लागि २१ गते विदा दिने आयोगले विद्यालयमा भने ३ ३ दिनको विदा दिने भएको हो ।

निर्वाचनको लागि सरकारी विद्यालयमा मतदान केन्द्र राखिने भएकाले विदा लामो हुन गएको आयोगको भनाई छ । विद्यालयको पठन पाठनमा सकेसम्म कम हानी पुग्ने गरी विदा मिलाउन सम्बन्धित निकायलाई अनुरोध गरेको निर्वाचन आयोगका प्रवत्ता नवाराज ढकाल बताएका छन् । उनले सरकारी विद्यालयहरुमा मतदान केन्द्र राख्नु पर्ने कारण पनि समसइा भएको र विद्यालयहरुलाई तीन दिन विदा दिन परेको स्वीकार गरे । पहिलो चरणको निर्वाचनमा मौसमको प्रतिकुलताको कारणले पनि खुल्ला ठाउँमा मतदन केन्द्र राख्न नसकिने उनको भनाई छ ।