नक्कली लुटपाटका योजनाकार पक्राउ

३ पुष २०७४, सोमबार ०९:३८

पुस ३, काठमाडौं ।
इलाममा बेवारिसे हतियार फेलापरेको केहि दिन बित्न नपाउँदै सोही घट्नामा छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरका ३२ वर्षीय राजबहादुर तामाङ, ३३ वर्षीय भयप्रसाद विक, ५४ वर्षीय महेन्द्रकुमार दर्जी, ४४ वर्षीय रुद्रकुमार नेम्बाङ र ६० वर्षीय योेगेन्द्रप्रसाद आङदेम्बे रहेका छन् ।
पत्रकार सम्मेलनमा पक्राउ पर्नेको साथबाट ९० लाख दस हजार रुपैयाँसमेत बरामद गरीएको इलाका प्रहरी प्रमुख विपिन कर्माचार्यले जानकारी दिए ।


सोही घटनामा बिर्तामोडका योगेश राईलाई पनि झापा जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेर अनुसन्धान भइरहेको इलामका प्रहरी प्रमख कर्माचार्यले जानकारी दिए ।
मंसिर २५ गते इलामको तिल्केनीमा भएको लुटपाटको घट्ना सार्वजनिक भएको थियो । प्रहरीको अनुसन्धानबाट उक्त लुटपाट भनिएको घट्ना नक्कली भएको खुल्न आएको छ ।
लुटपाटका योजनाकार राजबहादुरले भने योजनाबद्घ तरिकाले सो घटना गराएको बताएका छन् ।
योजनाकार तामाङले प्रहरीसमक्ष आफूसँग बहुमूल्य रत्न छ भनी पाँचथरका राजेन्द्र रिजाल, तारा भट्राई र डिल्ली ढुंङगानालाई रत्नको मूल्य धेरै पर्ने तर तपाई्लाई सस्तोमा दिने भन्दै नगद २ करोड ५७ लाख ५८ हजार र ६० लाख मूल्य पर्ने जग्गा ठगेको भन्दै जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दिएको थियो । सो रकम लुटिएको देखाउनलाई सो घट्नाको योजना गरेको पनि खुल्न आएको छ ।