दिपकसंगको प्रेम ले मिलन अमात्यको बैबाहिक सम्बन्ध बिच्छेद

२ आश्विन २०७४, सोमबार १२:२२

गायिका मिलन अमात्यको बिग्रिदै गएको दाम्पत्य जीवन अन्तत सम्बन्ध बिच्छेद भएर पूर्ण बिराम लागेको छ । मिलन अमात्यको श्रीमान मेन्सन अमात्यसँग सम्बन्ध बिच्छेद भएको छ । पारिवारिक विवादपछि काठमाडौं जिल्ला अदालतमा पुगेर उनीहरुबिच सम्बन्ध बिच्छेद भएको हो ।

संचारकर्मी संग कुरा गर्दै श्रीमती/गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले  जानकारी दिएका छन् । उनले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । साँगीतिक जीवनमा असहयोग रहेको भन्ने गुनासो श्रीमानसँग मिलनको रहेको भन्ने बुझिएको छ । व्यापारी मेन्सन र मिलनको ६ वर्षअघि विवाह भएको थियो । उनीहरुको सन्तान भने छैनन् । पछिल्लो समयमा गायिका मिलन अमात्य निकट श्रोतका अनुशार मिलन केही वर्षदेखि गायक दीपक लिम्बुसँग प्रेममा छिन्। मिलनले पछिल्लो एल्बम ‘मिलन संजोग’ निकालेकी थिइन् । पारिवारिक स्रोतका अनुसार दीपक लिम्बुको नागरिकताको नाम पनि संजोग हो । गाला रातौ, स्लोली स्लोली जस्ता चर्चित गीतहरुमा मिलनले स्वर दिएकी छन् ।